काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अब कांग्रेस बचाउनुपर्ने बेला आएका बताएका छन् । गत वर्ष सम्पन्न निर्वाचनमा कांग्रेस आफ्नै कारणले पराजित भएको दाबी गर्दै उनीहरुले अब चार वर्षपछि हुने निर्वाचनमा पहिलो शक्तिको रुपमा उदय हुनेगरी अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् । "/>

जब नेता कार्यकर्ताले विश्वप्रकाश शर्मालाई कांग्रेस बचाउँन आग्रह गरे (भिडियोसहित)

जब नेता कार्यकर्ताले विश्वप्रकाश शर्मालाई कांग्रेस बचाउँन आग्रह गरे (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अब कांग्रेस बचाउनुपर्ने बेला आएका बताएका छन् । गत वर्ष सम्पन्न निर्वाचनमा कांग्रेस आफ्नै कारणले पराजित भएको दाबी गर्दै उनीहरुले अब चार वर्षपछि हुने निर्वाचनमा पहिलो शक्तिको रुपमा उदय हुनेगरी अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाली कांग्रेस झापा क्षेत्र नं. १ काठमाडौं सम्पर्क समितिले आयोजना गरेको दशै, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उनीहरुले नेतृत्वलाई यस्तो आग्रह गरेका हुन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा उपस्थित रहेको कार्यक्रममा अन्य नेता तथा कार्यकर्ताहरुले अबको निर्वाचनमा पहिलो पार्टी बनाउने गरी अगाडि बढ्पर्नेमा जोड दिएका हुन् । उनीहरुले सबैभन्दा पहिला कांग्रेसभित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा रौतहट काठमाडौं सम्पर्क समितिका संयोजक सुवास कोईरालाले पार्टीभित्र देखिएको गुटबन्दीका कारण कांग्रेस निर्वाचनमा पराजित भएको बताउँदै अब त्यसको अन्त्य हुनुपर्ने बताए । गत निर्वाचनमा माओवादी एमालेका कारण कांग्रेस पराजित नभएको दाबी गर्दै पार्टीभित्रकै गुटका कारण समस्या भएको बताए । ‘अब पनि यस्तै हो भने आगामी निर्वाचनमा कांग्रेस सकिन्छ । त्यसैले पार्टीभित्रको जुन गुटबन्दी छ त्यो अन्त्य गर्न विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरुले पहल गर्नुपर्छ’ उनले भने ।

त्यस्तै सुनसरी काठमाडौं सम्पर्क समितिका संयोजक विष्णु कार्कीले अहिले सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाए । सरकारले आफ्नो मनपरि ढंगले चल्दा पनि कांग्रेसले त्यसलाई खबरदारी गर्न नसकिरहेको भन्दै अबको बेला पनि कांग्रेस सक्रिय नभए पतनको बाटोमा लाग्ने दाबी गरे । ‘सरकार हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराध रोक्न सकिरहेको छैन् । हामी त्यसलाई खबरदारी गर्न सकिरहेका छैनौ । अब पनि कांग्रेसले सरकारको उदांगो नाचलाई नदेखेजस्तै गरेर बस्यो भने अर्को चुनावमा पतन हुन्छ । यो मेरो दाबी हो’ उनले भने ।

राष्ट्रियसभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक सरिता प्रसाईले पार्टीले आफुले गरेको कामको प्रचार–प्रसार गर्न नसकेको बताएकी छन् । पार्टीले धेरै काम गरेपनि कम्युनिष्टहरुले जस्तै गरेर प्रचार प्रसार गर्न नसकिएको बताईन् । पार्टीभित्र गुटबन्दी रहेको स्वीकार गर्दै अबको पिडिले त्यसलाई कम गर्ने लाने प्रतिबद्धता जनाईन् । देशभर महिला हिंसा तथा बलात्कारजन्य घटना बढिरहेको अवस्थामा प्रधानमन्त्री यस्ता घटनालाई मजाक रुपमा दिईरहेको जिकिर गरिन् ।

उनले भनिन्, ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि दर्जनौं निर्मलाले ज्यान गुमाईसकेकी छन् । बालिका देखि बृद्धा सम्म कोही बाँकी छैनन् । प्रधानमन्त्री यस्ता घटनामा सम्बेन्दशिल हुनुत कता हो उल्दै निर्मलाका हत्यारा १२ वर्षपछि पनि पक्राउ पर्न सक्छन् । भनिरहेका छन् । एउटा प्रधानमन्त्रीले यस्तो गैरजिम्मेवार जवाफ दिईरहेका छन् । तपाई हामी कसरी सुरक्षित हुने ।’

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले पार्टीभित्र देखिएको गुटबन्दी कम हुदै गएको दाबी गर्छन् । यो सबै एकैपटक अन्त्य नहुने भन्दै विस्तारै नयाँ पिढीले यस्ता गुटबन्दीलाई निमिट्यान्न पार्ने बताए । कांग्रेसभित्र विगतमा देखिएको गुटबन्दी अब कम हुँदै गईरहेको भन्दै त्यसको अन्त्य नै गरिनेमा जोड दिए ।

Logo