दलभित्रको असहमतिको तत्काल समाधान खोजियोस्ः सांसद भण्डारी

दलभित्रको असहमतिको तत्काल समाधान खोजियोस्ः सांसद भण्डारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकहरुको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा भाग लिँदै सांसद भण्डारीले संसदभित्र भएका असहमतिलाई छलफल गर्दै समाधानतर्फ लाग्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, “यो देशमा विधिको शासन, जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौँ भनेर आएको पनि ३४ वर्ष पूरा भयो । यही उद्देश्यका निम्ति धेरैले ज्यान गुमाए, धेरै अपाङ्ग भए । जुन दिन संसद्मा छलफल गर्ने हो त्यसमा हामीहरुको बीचमा असहमति रहनुहुँदैन । कोही कुर्सीमा बसेका छन् कोही भँुइमा बसेका छन् कोही बोलिरहेका छन् यो के हो ? यसको समाधानका लागि सरकारलाई आग्रह गर्दछु ।”

सांसद भण्डारीले समाज युवाविहीन हुँदै गएकाले विदेशिने युवालाई रोक्नुपर्नेमा जोड दिए । उनले भने, “युवाहरु शिक्षा र रोजगारीका नाममा बाहिर गइरहेका छन्, हामी युवाविहीन हुँदैछाैं । गाउँघरमा बिरामी हुँदा, मृत्यु हुँदा शव बोक्ने मानिससमेत छैन । त्यसैले यस विषयमा हामी गम्भीर हुनुपर्छ ।”

Skip This
Skip This
Logo