काठमाडौं । आज असार १४ गते जबज नेता मदन भण्डारीको ७४औँ जन्मजयन्ती, मदन भण्डारी फाउण्डेशनले राष्ट्रियसभा गृहमा बृहत कार्यक्रम आयोजना गरी मनाउँदैछ । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उनी जनतामाझ लोकप्रिय हुन सफल भएका थिए ।
वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी भण्डारी काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । तर, दुर्भाग्यवस भन्नुपर्छ, बहुदलीय जनवादको व्याख्या गर्ने एवं नेकपा एमालेका महासचिव जननेता भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा कार दुर्घटनामा रहस्यमय निधन भएको थियो ।
फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने सम्बोधनकाे विषय एमाले पंक्तिमात्र नभएर सिंगो देशको चासोको विषय बनेको छ । कार्यक्रमको प्रमुख अतिथी प्रधानमन्त्री ओलीलाई बनाइएको छ । ओली आजै स्पेन भ्रमणमा जाने कार्यक्रमसमेत रहेको छ । यता पूर्वराष्ट्रपति भण्डारीले पनि आजै औपचारिक रुपमा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने तयारी रहेको उनीनिकट नेताहरुको भनाइ छ ।





























प्रतिक्रिया