माधव नेपाललक्षित नेतृ झाँक्रीको कटाक्ष- अब ‘मरेको सिनो’ बोक्न सकिँदैन, अर्ली महाधिवेशन गरौँ

माधव नेपाललक्षित नेतृ झाँक्रीको कटाक्ष- अब ‘मरेको सिनो’ बोक्न सकिँदैन, अर्ली महाधिवेशन गरौँ

केन्द्रबिन्दु
66
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालप्रति तीव्र असन्तुष्टि व्यक्त गरेकी छन्। पार्टी हाल ठूलो संकटमा रहेको र यसको मुख्य कारण अध्यक्षमाथि आएको संकट भएको उनकाे भनाइ छ ।

नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलामा उनले भनेकी छन्- ‘कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ?’

संकटबाट भाग्नुको सट्टा यसको सामना गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।
नेतृ झाँक्रीले तत्काल महाधिवेशन (अर्ली महाधिवेशन) को माग गरेकी छन् । ‘अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ ।’ उनले भने । अब मतदाता नामावली सारेर ल्याइएका वा टीका लगाएर बनाइएका केन्द्रीय समितिबाट पार्टी बन्न नसक्ने उनको तर्क छ।

Logo