कांग्रेस बैठक चार/पाँच दिन लम्बिने, यस्तो छ कार्यसूची

कांग्रेस बैठक चार/पाँच दिन लम्बिने, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समितिको बैठक अझै चारपाँच दिनसम्म चल्ने बताएका छन् ।

सोमबार केन्द्रीय समितिको बैठक पश्चात उनले सोमबारको बैठकमा सभापतिले आफ्नो नीति प्रतिष्ठान प्रतिवेदनको विषय र महामन्त्रीले क्रियाशील सदस्यताको विषयमा कुराहरु राख्न समय लाग्ने बताएका हुन् ।

अधिवेशन हुन नसकेका भातृ संगठनहरुको सम्बन्धमा सम्बन्धित भातृ संगठनका नेतृत्वले आफ्नो आफ्नो दृष्टिकोण पनि बैठकमा प्रस्तुत गर्ने बताए । साथै, भातृ संस्थाको म्याद थप, सरकारको कामको समीक्षा, क्रियाशील सदस्यता वितरण र समसामयिक राजनीतिक अवस्थाको छलफल भएको छ ।

विधानतः हरेक दुई महिनामा बस्नुपर्ने बैठक नौ महिनाको अन्तरालपछि बसिरहेकाे हो । बैठकमा पार्टीको एकसय दिने अभियानमा खटिएका प्रतिनिधिको प्रतिवेदन पनि बैठकमा पेस गरिएको छ । बैठकमा प्रदेश सरकारमा रहेका मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयले गरेका कामहरूको जानकारी गराउने कार्यसूची रहेको छ ।

Logo