काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनता जागरुक र सचेत भएपछि मात्र मुलुकको समुन्नति सम्भव हुने बताएका छन् । विकासको मूल आधार जनचेतना भएको उल्लेख गर्दै उनले जनताको सक्रिय सहभागिताबिना कुनै पनि योजना सफल नहुने बताएका छन्।
वीरेन्द्रनगर नगरपालिका–११ मा स्थानीयवासीसँग भेटघाट तथा अन्तक्रिया गर्दै मुख्यमन्त्री कँडेलले राज्यले योजना बनाएर मात्र विकास हुने नभई त्यसको कार्यान्वयनमा जनताको प्रत्यक्ष संलग्नता आवश्यक रहेको बताएका हुन्।
उनले भने, “रातो किताबमा योजना आएरमात्र पर्याप्त हुँदैन, जबसम्म जनता त्यसको निगरानी, साथ र सहभागितामा उत्रदैनन्, तबसम्म विकासको गति अपेक्षित रूपमा अगाडि बढ्दैन।”
जनताले विकास निर्माणका विषयमा सजग भई योजना निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक चरणमा निगरानी गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए। मुख्यमन्त्री कँडेलले भने, “राजनीतिज्ञ, कर्मचारी र जनप्रतिनिधिसँगै अब जनता पनि प्रत्यक्ष रूपमा विकास प्रक्रियाको हिस्सा बन्नुपर्छ।”





























प्रतिक्रिया