पूर्वराष्ट्रपति भण्डारीले दिइन् सरकारी सेवासुविधा फिर्ताको निवेदन

पूर्वराष्ट्रपति भण्डारीले दिइन् सरकारी सेवासुविधा फिर्ताको निवेदन

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् ।

जबज नेता मदन भण्डारीको जन्मोत्सवमा गत १४ असारमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेपछि भण्डारीले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई निवेदन पठाएकी हुन् ।

उनले आफ्नो पार्टी सदस्यता नवीकरण भएको पनि जानकारी गराएकी छिन् ।

Logo