ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन अत्यावश्यक रहेको बताएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उनले यदि आगामी २०८३ मंसिरमा हुने १५औँ महाधिवेशनमा सबै जनसम्पर्क समितिहरूको सहभागिता सुनिश्चित गर्न अधिवेशनको आवश्यकता औंल्याए ।
उनले विश्वका ३७ देशमा रहेका जनसम्पर्क समितिमध्ये हाल केवल तीनवटाको म्याद बाँकी रहेको र १४औँ महाधिवेशनमा २९ समितिले सहभागिता जनाएको जानकारी दिए । उनले अधिवेशनका लागि निम्न कार्यतालिका प्रस्ताव गरेका छन्
सदस्यता वितरण- २०८२ असोज १७ देखि मंसिर १४ सम्म (नयाँ वितरण र पुराना नवीकरण) ।
अधिवेशनको मितिः २०८२ असोज १९ भित्र मिति तय गरी केन्द्रीय कार्यालयमा बुझाउने।
असोजदेखि ३ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने ।
उनले अन्तर्राष्ट्रिय जनसम्पर्क समिति गठनको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि विधानको मस्यौदा तयार भएको जानकारी केन्द्रीय कार्यसमितिलाई गराए।





























प्रतिक्रिया