धरती र जीवन दुवैमा शान्ति छाओस्ः प्रधानमन्त्री ओली

धरती र जीवन दुवैमा शान्ति छाओस्ः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिएका हुन्।

“आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादीमुक्त गर्ने, मनसुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो। कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ”, प्रधानमन्त्रीले लेखेका छन्।

आज आषाढ शुक्ल एकादशीका दिन भएकाले घर–घरमा तुलसीको बिरुवा सार्ने गरिन्छ ।

Skip This
Skip This
Logo