अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा टाढा छैन -प्रधानमन्त्री ओली

अब हुम्ला राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा टाढा छैन -प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शीर्ष सदरमुकाम सिमकोट सडक सञ्जालमा जोडिएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् ।

‘राष्ट्रिय सडक सञ्चालनसँग जोडिन बाँकी नेपालको एक मात्रै जिल्ला हुम्लाको सदरमुकाम सिमकोट जोडिएपछि सबैभन्दा बढी खुशी म आफै छु’, प्रधानमन्त्री ओलीले भने, ‘यो सफलता हाँसिल गर्ने नेपाली सेनालाई हार्दिक आभार व्यक्त गर्दछु ।’

सिमकोट सडकसँग जोड्नका लागि आफूलाई नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले हुम्लाका राजनितीक दलहरुको संयुक्त ज्ञापन पत्र र ज्ञवाली हुम्ला पुगेर हुम्लीको यो गुनासो आफू समक्ष पुर्याएपछि यो कामले औपचारिकता पाएको बताएका ओलीले सरकारको प्रस्तावलाई पनि नेपाली सेनाले सहजै स्वीकार गरि अहिले जोड्न सफल भएको बताउँदै अब हुम्ला विकासको बाटो खुलेको प्रतिक्रिया दिए ।

‘हुम्ला राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन् हुम्ला समृद्धको बाटो समेत औपचारिक रुपमा खुलेको छ’, पुल उद्घाटनका क्रममा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हुम्ला अब उत्तर दक्षिण मार्गले जोडिने जिल्ला मात्र नभएर हुम्ला पश्चिम नेपालको रणनीतिक महत्व बोकेको जिल्लाका रुपमा समेत स्थापित भएको छ ।’

आफू परराष्ट्रमन्त्री हुँदा हुम्लाको बाटो र सडकसँग जोड्न पहल गरेको बताएका प्रधानमन्त्री ओलीले सुरुवातीमा आफूले पहल गर्नुका साथै अहिले आएर रास्ट्रिय सडकसँग जोडिएको जिल्ला उद्घाटन गर्न पाउनु ठूलो रहेको भनाइ राखेका थिए ।

४० दिनमा नेपाली सेनाले जोडेको खार्पु बेलिब्रिजमा रिवन काटेल गाडी पास गराएपछि औपचारिक रुपमा हुम्ला सडकले उत्तर दक्षिण जोडिएसँगै २६ वर्षदेखि सडक सपनामा बिताएको शिर्ष सदरमुकाम सिमकोट आजदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

गएको कार्तिक २० गते बसेको मन्त्रीपरिषद बैठकले हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली कोरिडोर अन्तरगतको खार्पु खोलामा निर्माणाधिन मोटरेवल पुलको काममा ढिलाई भएपछि सरकारले अल्पकालिन रुपमा भएपनि सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न बेलीक्रीजको विकल्प अघि सारेको थियो ।

खार्पु नदीमा निर्माण भएको पुल उद्घाटन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा नभएको बताए । ।

Logo