काठमाडौं । नेपाली कांग्रेसले २०७९ सालमा भएको चुनावमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै १८ जनामाथि अनुशासनको कारबाही गरेको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको असार ९ गतेदेखि १७ गतेसम्म बसेको बैठकले तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनीहरूमाथि कारबाही गरेको हो। कारबाहीमा पर्नेमा पूर्वमन्त्रीदेखि प्रदेश महामन्त्री र जिल्ला सभापतिसम्म रहेका छन् ।
कारबाहीमा गरिएकाहरू-
१. तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा,
२. कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का
३. लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल
४. खोटाङ जिल्लाका सभापति विष्णुकमार राई
५. पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता
६ महिनाका लागि कारबाही गरिएकाहरू;
१. धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव
२. धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव
३. धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव
४. मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव
५. कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ
६. कैलालीको धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह
७. कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर
८. धनगढी उपमहनगरपालिका १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी
९. धनगढी उपमहानगरपालिका २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह
१०. क्रियाशील सदस्य लेखराज ओझा
११. धनगढी उपमहानगरपालिका १ का क्रियाशील सदस्य सुभाष चन्द
१२. धनगढी उपमहानगरपालिका ५ का पूर्वमहाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरी
३ महिना कारबाही गरिएका;
१. कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी।





























प्रतिक्रिया