‘ओलीले नेपालीलाई मात्रै होइन विश्वलाई पनि भ्रममा पारेर सत्ता दुरुपयोग गरे’: कांग्रेस नेता खतिवडा

‘ओलीले नेपालीलाई मात्रै होइन विश्वलाई पनि भ्रममा पारेर सत्ता दुरुपयोग गरे’: कांग्रेस नेता खतिवडा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई मात्रै होइन विश्व समुदायलाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेको आरोप लगाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै खतिवडाले यस्तो बताएका हुन् । न त नेकपा सत्ता छोडेर पार्टी बिभाजन गर्छ न त काङ्ग्रेसनै नेकपा र ओलीको सती जान तयार छ, यो भ्रमबाट मुक्त हुनुपर्छ । उनले लेखेका छन् , ओलीले नेपाली जनतालाई मात्रै होइन विश्व समुदायलाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेका छन् । कोही कुनै लालिपपमा नफसौं ।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको थियो । सो भेटमा ओलीले देउवालाई सत्ता साझेदारका लागि अनुरोध गरे पछि अहिले नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । यसै सन्दर्भमा नेता खतिवडाले यस्तो टिप्पणी गरेका हुन् । उनीसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री अर्जुन नरसिंह केसी लगायतले पनि ओलीको प्रस्तावको लोभमा कांग्रेस फस्न नहुने बताएका थिए ।

Logo