काठमाडौं ।
नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद मोहन पाण्डेले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले दिउसो १ बजे संघीय संसद सचिवालय सिंहदरबारमा पाण्डेलाई पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम रहेको बताइएको छ । संसद सचिवालयले जानकारी दिएको हो ।
कांग्रेसका समानुपातिक सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त स्थानमा कांग्रेसले गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले पाण्डेलाई सांसद निर्वाचित भएको प्रमाणपत्र दिएको थियो ।
स्याङ्जाका पाण्डे यसअघि २०७० सालमा पनि सांसद बनेका थिए ।





























प्रतिक्रिया