काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ ।
मंगलबार काठमाडौंमा मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा डोरमणि पौडेलको संयोजकत्वमा समिति बनेको जानकारी दिइएको हो । मदन भण्डारी फाउन्डेसनले जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।
जन्म जयन्ती मनाउन विभिन्न कार्यक्रमहरू ०८२–०८३ भर गरिने बताइएको छ । त्यस्तै ०८४ मा भने जन्म जयन्ती कार्यक्रमको समीक्षासहित अन्त्य गरिने जनाइएको छ ।
मूल आयोजक समितिमा अहिले ७५ सदस्य रहेको र पछि थप गरिने बताइएको छ । त्यस्तै, सल्लाहकार समिति पनि छिटै गठन गरिने भनिएको छ ।
कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको विधान महाधिवेशनमा आफ्नो उपस्थित कुन रुपमा हुने भन्ने निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएकी छन् ।
उनले नेकपा एमालेको सदस्यता नविकरण गरिसकेको र नेकपा एमालेको परिवारमा नै जोडिएर देशको सेवागर्ने उनले बताइन् ।
‘यहाँहरुले मसँग सम्बन्धित प्रश्न गर्नुभएको छ । मैंले पहिला पनि भनि सकेको छु, एमालेको सदस्यता नवीकरण गरिसकेको छु । एमालेको परिवारमा जोडिएर देशको सेवा गर्ने भनेको नै छु । मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ केन्द्रीय कमिटीले निर्णय गर्ने कुरा हो । प्रतिनिधि वा आमन्त्रित सदस्यको रुपमा केमा बोलाउनुहुन्छ, उहाँहरुको कुरा हो,’उनले भनिन् ।





























प्रतिक्रिया