काठमाडौं । नेपाल-भारत गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ ।
९ वर्षदेखि बस्न नसकेको बैठक योपटक बस्ने तय भएको गृहमन्त्री रमेश लेखकले संघीय संसद राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा जानकारी दिएका हुन् ।
बैठकमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरू र भारतीय पक्षका पनि निकायका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।
बैठकमा सीमामा हुने अपराधको नियन्त्रण, सीमास्तम्भहरूको मर्मतसम्भारलगायतका विषयमा छलफल हुने गृहमन्त्री लेखकले जानकारी दिए ।































प्रतिक्रिया