काठमाडौं । नेता भीम रावलले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेर हदको विषयमा दिएको अस्वभाविक तर्कप्रति कडा व्यङ्ग्य गरेका छन्।
रावलले सामाजिक सञ्जालमार्फत ओलीको अतृप्त पद र सत्ता भोकमाथि कटाक्ष गर्दै भनेका छन्, “एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेश भएछ।”
साथै उनले प्रश्न गरे, “के.पी.को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकारसम्पन्न कार्यदल गठन गर्ने कि ?”





























प्रतिक्रिया