विद्याजीले पार्टी कार्यालय देखेको छैन भन्नुभयो र च्यासलमा भेटियो, के ठूलो कुरा भयो ? -अध्यक्ष ओली

विद्याजीले पार्टी कार्यालय देखेको छैन भन्नुभयो र च्यासलमा भेटियो, के ठूलो कुरा भयो ? -अध्यक्ष ओली

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिंडेका नेताहरूप्रति रोष गरेका छन् ।

पार्टीको नवौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिंडेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘विद्याजीलाई बालुवाटर नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो । च्यासलमा भेटियो । पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईंहरूले ठूलो बनाउनुभएको छ । कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पर्‍यो त्यो ?’

Logo