काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई थप चलायनमान र उपलब्धिमूलक बनाउने अभियानमा अवैतनिक महावाणिज्य दूतहरूको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
विश्वका ६६ देशका तर्फबाट अवैतनिक महावाणिज्य दूतका रुपमा भूमिका निर्वाह गरिरहेका नेपाली व्यवसायीहरू सम्मिलित संस्थाको १८औँ साधारणसभा तथा स्थापना दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई लाभान्वित गर्ने पक्षमा रहेको सरकारलाई सहयोग गर्न अवैतनिक महावाणिज्य दूतहरूसँग अनुरोध गरेकी हुन् ।
विश्ववातावरण दिवसको अवसर पारी ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गरेर विश्वको ध्यानाकर्षण गर्न सरकार सफल भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री डा राणाले परिवर्तित विश्वपरिवेशमा हाम्रा नयाँ पुस्तालाई सकारात्मक सोचका साथ स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देशमूलक कार्यक्रम सञ्चालन गरी व्यस्त बनाउनुपर्ने अवस्था सिर्जना भएकाले रचनात्मक कार्यक्रम उजागर गरिदिनुहुन विद्वत्वर्गसँग अनुरोध गरिन् ।































प्रतिक्रिया