काठमाडौं । कलंकीमा बोल्न नसक्ने एक युवती सामूहिक बलात्कारको शिकार बनेकी छन् । केहीदिनदेखि हराएकी अन्दाजी २२ वर्षकी युवती होटलमा बलात्कृत अवस्थामा फेला परेकी हुन् । "/>

कलंकीमा बोल्न नसक्ने युवतीमाथि सामूहिक बलात्कार

कलंकीमा बोल्न नसक्ने युवतीमाथि सामूहिक बलात्कार


काठमाडौं । कलंकीमा बोल्न नसक्ने एक युवती सामूहिक बलात्कारको शिकार बनेकी छन् । केहीदिनदेखि हराएकी अन्दाजी २२ वर्षकी युवती होटलमा बलात्कृत अवस्थामा फेला परेकी हुन् । हराएको भनि प्रहरीमा उजुरी दिईएको थियो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा युवती हराएको निवेदन परेपछि प्रहरीले खोजी थालेको थियो । खोजतलास गर्दा ती युवती होटलमा भेटेपछि सामूहिक बलात्कार भएको रहस्य खुलेको थियो । उनीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिकाका सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने रामकृष्ण नगरकोटी रहेका छन् । उनीहरुलाई सोमबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमध्ये एक जना ति बोल्न नसक्ने युवतीकोबारेमा जानकारी दिने व्यक्ति भएको प्रहरी स्रोतले जनाएको छ ।

‘बोल्न नसक्ने ति युवतीले हातको ईशाराले २ जना देखाएको र अर्का व्यक्ति उनीबारे जानकारी दिने हुन्छन् ।’ ति युवतीलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो । युवतीको स्वास्थ्य परीक्षणपछि थप तथ्य फेला पर्ने प्रहरीले जनाएको छ ।

File Photo

Logo