पार्टी सदस्यता नवीकरण पटक-पटक छलफल गरेरै गरेको हुँ, आवेग र उत्तेजनाले हानि पुग्नेछ -पूर्वराष्ट्रपति भण्डारी

पार्टी सदस्यता नवीकरण पटक-पटक छलफल गरेरै गरेको हुँ, आवेग र उत्तेजनाले हानि पुग्नेछ -पूर्वराष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको भएपनि यस विषयमा पार्टीभित्र विवाद उत्पन्न हुनु दुःखद् भएको बताएकी छिन्।

आज भएकाे पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “पार्टी सदस्यता नवीकरण र पार्टीमा काममा फर्किने कुरामा नेताहरूसँग पटक-पटक छलफल भएरै नवीकरण गरेको हुँ ।” तर, पछिल्लो बैठकपछि भने आफ्नो पार्टी सदस्यता नवीकरण नगरिएको जानकारी पाएकोमा उनले असन्तुष्टि व्यक्त गरेकी छिन्। यसलाई उनले “अनुचित” भन्दै आफ्नो सदस्यता पहिल्यै भइसकेको दाबी गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पार्टी सदस्यता हुनबाट रोक्नु कुनै जरुरी नरहेको र राजनीतिमा संलग्न हुन पाउने आफ्नो मौलिक हक हनन भएको बताएकी छन्। उनले आवेग र उत्तेजनाले पार्टीलाई हानि पुग्ने चेतावनी दिँदै सम्पूर्ण पार्टी सदस्यहरूलाई पार्टीमा जिम्मेवारपूर्वक लाग्न अनुरोध गरेकी छन्।

उनले ‘जनताको बहुदलीय जनवाद’ (जवज) मार्फत नेकपा (एमाले) थप बलियो हुने विश्वास पनि व्यक्त गरेकी छिन्। उनको यो सक्रियता र पार्टी सदस्यता नवीकरणको विषयलाई लिएर एमालेभित्र थप छलफल र बहस हुने देखिएको छ।

आफूमा कुनै पदको लोभ नभएको र देश तथा जनताको सेवाका लागि राजनीतिमा सक्रिय हुन लागेको स्पष्ट पारेकी छन्।

Skip This
Skip This
Logo