ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री ओलीले दिए कुशको राजाको संज्ञा

ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री ओलीले दिए कुशको राजाको संज्ञा

केन्द्रबिन्दु
42
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा दिएका छन् ।

आइतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले ज्ञानेन्द्र असली राजा नभएको बताउँदै यस्ताे टिप्पणी गरेका हुन् ।

वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उनको टिप्पणी छ।

उनले भने, ‘दरबार हत्याकाण्डपछि कुशको राजा स्थापना गरेको भन्छु मैले। त्यो असली राजै होइन। राजा मारियो, रानी मारिए, युवराज मारिए। दरबार हत्याकाण्डको बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ।’

Logo