काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले नर्वेमा कुनै आधिकारिक कार्यक्रम नभएको अवस्थामा पनि श्रीमती र स्वकीय सचिवलाई लिएर भ्रमण गरेको भन्दै संसदमा जवाफ मागेका छन् ।
आज बसेकाे प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहले मन्त्रीको विदेश भ्रमण खर्चिलो र अनावश्यक भएको भन्दै प्रश्न उठाएका हुन्।
सांसद शाहले सरकारले विदेश भ्रमणलाई मितव्ययी बनाउने नीति लिएको बेला मन्त्रीहरूले यसरी व्यक्तिगत फाइदाका लागि सरकारी खर्चमा विदेश सयर गरेको आरोप लगाए। उनले मन्त्रीको सम्पूर्ण भ्रमण खर्च र यसको औचित्यबारे सदनलाई जानकारी गराउन माग गरेका छन्।































प्रतिक्रिया