प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने उनका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए । तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्किएका थिए ।

प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुनेछ ।

Logo