आज दुईवटा समितिको बैठक बस्दै

आज दुईवटा समितिको बैठक बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ ।

मंगलबार अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागिएको हो । आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिउँसो ३ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोश्रो संशोधन) विधेयक २०८१ को दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ ।

Logo