काठमाडाैं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सत्तारुढ गठबन्धनले तयारी थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।
औपचारिक बैठक भने अहिलेसम्म डाकिएको छैन । रानामगर रास्वपाबाट उपसभामुख बनेकी हुन् ।
उपसभामुख भने यतिबेला अमेरिकामा रहेको बुझिएको छ । संसद सचिवालय स्रोतका अनुसार साउन ३० गते उनी अमेरिकातर्फ गएकी हुन् । उनको १० दिने व्यक्तिगत भ्रमण रहेको बताइएको छ ।































प्रतिक्रिया