प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।

अधिवक्ता वीरेन्द्र केसीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था उल्लंघन गरेको आरोप लगाउँदै रिट दायर गरेका हुन्। जनता समाजवादी नेपाल र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएका थिए। तर प्रधानमन्त्रीले विश्वासको मत लिएका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेसी शुक्रबारलाई तोकिएको छ।

Logo