रवि लामिछाने बिगो लिएर पुगे उच्च अदालत

रवि लामिछाने बिगो लिएर पुगे उच्च अदालत

केन्द्रबिन्दु
111
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेका छन् ।

सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न गरेकाे मागलाई जिल्ला अदालत रुपन्देहीले अस्विकार गरेपछि उनी उच्च गएका हुन् ।

साउन २६ गते जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेले बुझाएको बिगो रकम यकिन नै भइनसकेको भन्दै निवेदन अस्वीकार गरेको थियो।

Skip This
Skip This
Logo