काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न तहमा महिला प्रतिनिधित्व स्थापित गर्न नेपाली कांग्रेसकी नेत्री मङ्गलादेवी सिंहको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
नेपाल महिला सङ्घकी संस्थापक एवं नेपाली महिला आन्दोलनकी नेत्री मङ्गलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गर्दै उनले महिला अधिकारका लागि उहाँको भूमिका अतुलनीय रहेको बताएका हुन् ।
उनले महिलाको हक, अधिकारका लागि आवाज उठाउने महिला नेत्री सिंह लगायत महिलाको सङ्घर्षको परिणामस्वरुप वर्तमान संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको बताए ।































प्रतिक्रिया