एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् ।

बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दा दिएको जाहेरीका आधारमा महर काठमाडौंबाट पक्राउ गरेका हुन् । महरविरुद्ध विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।

महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

महर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष हुँदै पार्टीकाे राजनीतिमा आएका हुन् । फागुन २०८० मा महरलाई अनुशासन उल्लङ्घन गरिएको भन्दै पार्टीले बर्खास्त गरेको थियो । तर एक महिनापछि फेरि उनलाई एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

Skip This
Skip This
Logo