काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा पार्टीकाे नेतृत्व गर्नसक्ने अनुभव नरहेकाे टिप्पणी गरेका छन् ।
बुधबार साँझ बालुवाटारमा काठमाडौंका केन्द्रीय सदस्यसहित बागमतीका नेता र विधान महाधिवेशन प्रतिनिधिलाई निर्देशनात्मक प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले भण्डारीले एमालेको नेतृत्व लिन खोजेको र पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएका हुन्।
ओलीका अनुसार, भण्डारीले उनलाई “तपाईं पार्टी चलाउन सक्नुहुन्न, मलाई सहयोग गर्नुहोस्” भनेकी थिइन्। त्यसको जवाफमा ओलीले भण्डारीसँग पार्टी हाँक्ने अनुभव नभएको र भ्रममा नपर्न सुझाव दिएका थिए। “उहाँले चुनाव लड्ने त ? भन्नुभयो,” ओलीले भने, “ तपाईंसँग एमाले हाँक्ने, अनुभव छैन भ्रममा नपर्नुस् भनेँ । एमालेमा चुनाव लड्नु पर्दैन भनेर जवाफ दिएँ । राष्ट्रपति भएको व्यक्तिले यस्ता अशोभनीय गतिविधि गर्नुभएन। उहाँ पार्टीको पक्षमा नरहेका मानिसहरूलाई भेला गर्दै हिँड्नुभएको छ।”
अध्यक्ष ओलीले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, विनोद ढकाललगायतका नेताको नामै लिएर भण्डारीलाई कतिपयले उचाल्ने काम गरिरहेको बताएका छन् ।





























प्रतिक्रिया