आगामी मंसिरभित्र कांग्रेसको महाधिवेशन हुन्छ -महामन्त्री गगन थापा

आगामी मंसिरभित्र कांग्रेसको महाधिवेशन हुन्छ -महामन्त्री गगन थापा

केन्द्रबिन्दु
24
Shares

रौतहट । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिरभित्रमा केन्द्रको महाधिवेशन गरिसक्नुपर्ने बताएका छन ।

कांग्रेस सर्लाहीले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मंसिर पछाडि महाधिवेशन लैजान नपाइने बताएका हुन् । महाधिवेशन सकिएपछि मात्र नयाँ चुनावको सामना हुने उनले बताए ।

कार्यक्रममा महामन्त्री थापाले उखु किसानको मागलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने बताए । उखु किसानलाई अनुदान दिनुपर्ने प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रिपरिषदमा लगेको भएपनि अस्वीकार भएको उनले बताए । यद्यपि, मन्त्री अधिकारीको जोडबलमा अघिल्लो वर्षको पैसाबाट ३५ रुपैयाँ अनुदान दिएको थापाले बताए ।

आफूले पार्टी सभापतिलाई ध्यानाकर्षण गराएको उल्लेख गर्दै थापाले प्रधानमन्त्रीसँग पनि कुरा गरेको जानकारी दिए । उखु किसानको भुक्तानीका लागि पैसा खोज्न नपर्ने उनले दाबी समेत गरे ।

Logo