काठमाडौं । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले समस्याग्रस्त सहकारीहरूको छानबिन प्रक्रियालाई तीव्रता दिन सक्रिय पहल थालेकी छन् ।
पीडितहरूसँगकाे भेटघाटमा मन्त्री रायमाझीले सहकारी क्षेत्रमा देखिएका विकृति र ठगीलाई सम्बोधन गर्न कानुन संशोधनको तयारी भइरहेको जानकारी दिएकी छन् । उनले समस्याग्रस्त सहकारीहरूको विस्तृत विवरण र तथ्याङ्क संकलन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। यसलाई थप व्यवस्थित बनाउन प्रणालीगत ढङ्गले काम अघि बढाउने उनको भनाइ छ।
उनले सहकारी ठगीका पीडित बचतकर्ताहरूलाई राहत दिन समस्याको प्रकृतिको आधारमा आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् । आफ्नो कार्यकालमा सहकारीसम्बन्धी धेरै समस्याहरू समाधान गर्ने उनको लक्ष्य रहेको छ।
यसअघि, मन्त्री रायमाझीले पीडितहरूसँग भेटघाट गरी उनीहरूका गुनासा सुनेकी थिइन् । पीडितहरूको पक्षमा काम गर्न आफू तयार रहेको र सकेसम्म छिटो समाधान खोज्ने उनले बताएकी छन् ।





























प्रतिक्रिया