भूमि विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

भूमि विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट भूमिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक पारित भएको छ ।

शुक्रबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्ताव गरेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हाे । विधेयकमा सांसदहरूका ७० प्रतिशत संशोधन समेटिएको मन्त्री अधिकारीकाे दाबी छ ।

सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । तर, राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि उही प्रावधानसहित विधेयक ०८२ वैशाख २३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

Logo