काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालनिकट नेताहरूले छुट्टै भेला गरेका छन्।
आइतबार काठमाडौंको बानेश्वर क्याम्पसमा नेताहरूले भेला राखेका हुन्।पूर्वसचिव जीवनराम श्रेष्ठको अगुवाइमा भएको यो भेलामा झलनाथ र घनश्याम भने उपस्थित थिएनन्। बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, केन्द्रीय सदस्य मनाकुमारी साउद लगायत सहभागी छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता खनालबीच आरोप-प्रत्यारोप चलिरहेका बेला पहिलोपटक छुट्टै भेला बसेको हो । अब केन्द्रीय तहमै मतभेदको संकेत देखिएको छ।





























प्रतिक्रिया