काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू नेपालमा निष्क्रिय हुने संकेत गरेका छन्।
उनले सामाजिक सञ्जालको बढ्दो प्रयोग र यसले हाम्रो जीवनमा पारेको गहिरो प्रभावबारे चिन्ता व्यक्त गर्दै सम्मानित सर्वोच्च अदालतको पछिल्लो आदेशलाई पनि मध्यनजर गर्नुपर्ने स्थिति आएको उल्लेख गरेका छन्।
रिमालका अनुसार, केही अवाञ्छित र गैरजिम्मेवार तत्वहरूको असामाजिक क्रियाकलापका कारण सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु, स्वनियमन र आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी दर्ता नगरेसम्म त्यस्ता प्लेटफर्महरूमा रोक लगाउने आदेश दिएको छ । यस आदेशका कारण नेपालमा दर्ता नभएका सबै सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू क्रमशः निष्क्रिय हुँदै जाने अवस्था सिर्जना भएको छ।
सामाजिक सञ्जाल बन्द गर्ने कि नगर्ने ? सञ्चार मन्त्रालय छलफलमा
प्रधानमन्त्रीदेखि लिएर सर्वसाधारणसम्म सबैले दैनिक रूपमा आफ्ना गतिविधि र भावनाहरू आदानप्रदान गर्न यी प्लेटफर्महरूको व्यापक प्रयोग गरिरहेको उनले बताए । यस्तो अवस्थामा यी प्लेटफर्महरू बन्द भएमा यसले ठूलो असर पार्न सक्ने उनको भनाइ छ।































प्रतिक्रिया