प्रधानमन्त्री ओलीबाट आफूमाथि अत्याचार भएको प्रचण्डको आरोप

प्रधानमन्त्री ओलीबाट आफूमाथि अत्याचार भएको प्रचण्डको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीबाट आफूमाथि अत्याचार भएको भन्दै जनतासमक्ष न्याय मागेका छन् । विराटनगरमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले आफ्ना सन्तानको प्रसंग निकालेर हुर्मत लिइरहेको बताए ।

केपी ओलीले म माथि अत्याचार गर्न खोजे, त्यसैले म न्याय चाहन्छु । जसले त्याग र बलिदानको इतिहास बनायो, त्यसैलाई अपमानित गर्ने, हुमर्त लिने काम भइरहेको छ । प्रचण्डले दुःख व्यक्त गरे ।

ओलीप्रति आक्रोश व्यक्त गर्दै प्रचण्डले आफ्ना छोराछोरीले गणतन्त्रको लागि बन्दुक बोकेको तर आज ओलीले अपमानित गरेको तथा ओलीले आफ्नो विरोध गरेर राजा–महाराजा र तीनका भरौटेहरुलाई साथ दिएको आरोप पनि लगाए ।

यसैबीच, प्रचण्ड–माधव पक्ष निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रतिनिधि सभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी यूनियनले प्रतिनिधिसभा विघटनको विरुद्धमा तेस्रोचरणका संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

यूनियनले सरकारको कदम नसच्चिदा सम्म आन्दोलनलाई निरन्तरता दिने र सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिता जनाउन अपिल समेत गरेको छ । आजैबाट सुरु हुने गरि तय भएको आन्दोलनका कार्यक्रम अन्तर्गत विभिन्न चरण हुँदै माघ २५ गते प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउनेसम्म रहेका छन् ।

यस्तै कोभिड विरुद्धको खोप शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शैक्षिक संस्था सुचारु गर्नुपर्ने लगायतका माग पनि यूनियनले राखेको छ । लिपुलेक, लिम्पयाधुरासहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरी अध्ययन सूचारु गर्न दावावमुलक कार्यक्रम गर्ने, कोभिडका कारणले समस्यामा परेका विद्यार्थीहरुलाई निःशुल्क अध्ययन गर्ने वातावरण गराउन दवाव दिने, अहिलेसम्मको शुल्क मिनाह गर्न र लिएको शुल्क फिर्ता गर्न दवाव दि लगायतका माग राखेर विरोध प्रदर्शन गर्ने घोषणा समेत गरेको छ ।

Logo