गगन थापाले मागे प्रधानमन्त्रीकाे राजीनामा, कांग्रेसले सरकार छाड्ने

गगन थापाले मागे प्रधानमन्त्रीकाे राजीनामा, कांग्रेसले सरकार छाड्ने

केन्द्रबिन्दु
123
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

जेनजी पुस्ता (युवा पुस्ता) माथि भएको आक्रमणलाई लक्षित गरी महामन्त्री थापाले प्रधानमन्त्रीकाे राजीनामा माग गर्दै कांग्रेसलाई पनि सरकारबाट तत्काल बाहिरिन आग्रह गरेका छन्।

उनले हालै भएको घटनामा भएको दमनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्।

‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।’ उनले भने,
‘अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’

Skip This
Skip This
Logo