राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी एवं नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले आज विज्ञप्तिमार्फत लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृती भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मूलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेछन् भन्ने विश्वास व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo