जेनजीबीचकै विवादले ‘राजा आऊ देश बचाऊ’ अवस्था आउने खतरा बढ्याे -महेश बस्नेत

जेनजीबीचकै विवादले ‘राजा आऊ देश बचाऊ’ अवस्था आउने खतरा बढ्याे -महेश बस्नेत

केन्द्रबिन्दु
60
Shares

काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री बनाउने विषयमा सैनिक मुख्यालय अगाडि भेला भएका युवाहरूबीच भएको झडपलाई लिएर चिन्ता व्यक्त गरेका छन्। उनले यो घटना दुःखद र खतरनाक भएको बताएका छन्।

सामाजिक सञ्जालमा बस्नेतले भनेका छन्, ‘बालेन डराएर पन्छने, दुर्गा प्रसाई, हर्क साम्पाङ वा कुलमान घिसिङलाई जेनजीले नमान्ने ७३ वर्षकी सुशिला आमैलाई पनि हुन नदिने। अनि फेरि घुमीफिरी “हामीले सकेनौँ, राजा आऊ देश बचाऊ”
वा “हामीले सकेनौँ, विदेशी सेना आऊ हामीलाई बचाऊ” भन्ने अवस्थातिर धकेल्ने प्रयास हुँदैछ।’

यसको समाधानका लागि बस्नेतले आन्दोलनमा सहिद भएका परिवारका सदस्यमध्येबाट योग्य, अनुभवी र सक्षम व्यक्तिलाई प्रधानमन्त्री बनाउन सुझाव दिएका छन्। उनले यस्तो निर्णय नै न्यायसंगत र नैतिक हुनेमा जोड दिएका छन्।

उनले थपेका छन्,’नत्र खरायो शिकार गर्न हालिएको जालमा अकस्मात चितुवा अड्कियो भने छोडौं कि समातौं भन्ने द्विविधा सिर्जना हुन्छ। छोडौँ अट्याक गरेर मार्छ समातेर वसौ कति समात्ने ? यस्तो द्विविधा तपाईंहरूको आन्दोलनमा नआओस्।’

Skip This
Skip This
Logo