काठमाडौं । नेपाली काङग्रेसका नेता डा. शशाङ्क कोइरालाले ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति पूर्ण समर्थन रहेको बताएका छन् ।
बिहिबार एक विज्ञप्ती जारी गर्दै उनले राणा शासनदेखि नै नेपालको लोकतन्त्रकालागि संघर्षरत परिवार र कांग्रेसको सदस्यको नाताले, हरेक आन्दोलनको जायज र न्यायोचितमागलोकतान्त्रिकविधि र प्रक्रियाअनुसार समाधानहुनुपर्नेमा दृढ विश्वास राखेको बताए ।
उनले भने, ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाहरुले उठाएको आवाजप्रति मेरो पूर्ण समर्थन रहेको जानकारी गराउन चाहन्छु । जहाँनीय राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि संघर्षरत परिवार र कांग्रेसको सदस्यको नाताले, म हरेक आन्दोलनको जायज र न्यायोचितमागलोकतान्त्रिकविधि र प्रक्रियाअनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु ।’
साथै, उनले भदौ २३ र २४ गते भएको आन्दोलनकाक्रममाज्यानगुमाएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दैनेपालीकांग्रेसका सभापति शेरबहादुर देउवालगायतका पार्टीका नेतातथाकार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दासमेत गरेका छन् ।
सरकारी, सार्वजनिक सञ्चार गृह, उद्योग, व्यवसायतथाकलकारखाना साथै निजी सम्पत्ति र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमण जस्ता जघन्य अपराधको घोर भत्र्सना गर्दै आन्दोलन पश्चातमुलुकमा देखिएको राजनीतिक रिक्ततातत्काल भरिनुपर्ने आवश्यक रहेको पनि उनले बताए ।
उनले जेनजीको ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी न्यायोचित मागहरू वर्तमान संविधानभित्रै रहेर समाधान गर्न सकिनेमा दृढ विश्वास रहेको भन्दै करिब ६५ वर्ष लामो राजनीतिक संघर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधान सभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्न अपिल गरेका छन् ।































प्रतिक्रिया