सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने पक्का, तर कहाँ अड्कियो सहमति ?

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने पक्का, तर कहाँ अड्कियो सहमति ?

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो। योसँगै नेपालले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाउने भएको छ ।

उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए। सोही छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको हो ।

तर, संसद् विघटन गरेर कार्कीलाई सरकार प्रमुख बनाउने कि नगरी भन्ने विषयमा भने सहमति हुन सकेको छैन । जेनजीले संसद् विघटनविना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडान राखेका छन् भने राष्ट्रपति पौडेलले संसद्बाटै निकास निकाल्ने कुरामा जोड दिएका छन् । अब आज पनि छलफलमा बस्ने र टुंगो लगाउने बताइएको छ ।

Logo