संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण -एमाले महासचिव शंकर पोखरेल

संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण -एमाले महासचिव शंकर पोखरेल

केन्द्रबिन्दु
78
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विगतमा संसद् विघटनलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला गर्नेहरू नै अहिले विघटनतर्फ अग्रसर भएकोमा चिन्ता व्यक्त गरेका छन्।

उनले पहिलाे महिला प्रधानमन्त्री बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई लक्षित गर्दै यस्तो अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन्।

सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै पोखरेलले भनेका छन्, “विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं।”

Logo