काठमाडौं । नेपालको राजनीतिक इतिहासकै पहिलो महिला प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पद तथा गोपनियताको सपथ लिएकी छन् । शुक्रबा राति शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले सपथ लिएकी हुन् ।
संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।
पूर्वप्रधानन्यायाधीश कार्की सर्वोच्चमा राम्रो छवि र निर्णय लिन नडराउने न्यायाधीशका रूपमा चिनिन्छिन्। उनले २०७३ असार २७ देखि २०७४ जेठ २४ गतेसम्म प्रधानन्यायाधीशको पद सम्हालेकी थिइन्।
उनलाई २०६५ सालमा वकिल तर्फबाट अस्थायी न्यायाधीशका रूपमा सर्वोच्च अदालत ल्याइएको थियो। त्यसको दुई वर्षपछि उनी स्थायी न्यायाधीश र पछि वरिष्ठ न्यायाधीश भइन्।































प्रतिक्रिया