प्रधानमन्त्री कार्की घाइतेहरूलाई भेट्न पुगिन् ट्रमा सेन्टर

प्रधानमन्त्री कार्की घाइतेहरूलाई भेट्न पुगिन् ट्रमा सेन्टर

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको ट्रमा सेन्टर पुगेकी छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न उनी ट्रमा सेन्टर पुगेकी हुन् ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । हाल देशभरिका विभिन्न ५२ अस्पतालमा २८४ जना घाइतेको उपचार भइरहेको र समग्रमा एक हजार ७७१ जना घाइतेको उपचार गरिएको छ । घाइतेको अस्पतालले निःशुल्क उपचार गरिरहेका छन् । हाल निजामती कर्मचारी अस्पतालमा २३, ट्रमा सेन्टरमा ३२, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज ३५, नेपाल पुलिस अस्पतालमा २८, झापाको बिएन्डसी अस्पतालमा ५३ जनाको उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo