काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्व सरकारको मन्त्रिपरिषद् विस्तार भएपछि पहिलो मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा बसिरहेकाे छ ।
जेनजी प्रदर्शनको बलमा प्रधानमन्त्री नियुक्त भएकी कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन्। रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बनेका छन् ।
नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छन् ।































प्रतिक्रिया