काठमाडाैं । जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरेको ललितपुरको च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा देशकै सबैभन्दा ठूलो झण्डा फहराइएको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र यससँग आवद्ध घटकका करिब सय जना नेता–कार्यकर्ताले हँसिया–हथौडा अंकित ४५/४५ फिट आकारको झण्डा राखेका हुन्। जिफन्टका अध्यक्ष विनोद श्रेष्ठका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो पार्टी झण्डा हो।
च्यासल पार्टी कार्यालय भवन आगजनीका कारण क्षतिग्रस्त भएको सो भवनको तेस्रो तलामा पनि पार्टी झण्डा टाँगिएको छ।































प्रतिक्रिया