राष्ट्रियसभा अध्यक्ष र समितिका सभापतिहरुबीच छलफल

राष्ट्रियसभा अध्यक्ष र समितिका सभापतिहरुबीच छलफल

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति सभापति र सचिवहरूसँग छलफल गरेका छन् ।

बदलिएको राजनीतिक परिस्थितिमा सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवसँग छलफल गरी अध्यक्ष दाहालले समितिका बैठक तथा कामकारबाही नियमित गर्न निर्देशन दिएका हुन् ।

छलफलमा राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापति मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, कमलादेवी पन्त र सोनाम ग्याल्जेन शेर्पा, राष्ट्रियसभा सचिव डा सुरेन्द्र अर्याल र समिति सचिवहरूको सहभागिता रहेको थियो।

Logo