‘देशको मेरुदण्ड नै युवा शक्ति हुन्’ : अध्यक्ष यादव

‘देशको मेरुदण्ड नै युवा शक्ति हुन्’ : अध्यक्ष यादव

केन्द्रबिन्दु
0
Shares

राजविराज ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशको समृद्धि तथा विकासका लागि युवा शक्तिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

जसपा युवा कमिटीले छठ पर्वका अवसरमा विहिबार राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनले युवा शक्ति ने देश विकासको मेरुदण्ड भएको बताए। नेता यादवले युवालाई विकास निर्माणमा एक जुट हुन अनुरोध गरे।

नेता यादवले देशको आर्थिक समृद्धिलाई माथि उठाउनका लागि पनि अहिलेको युगमा युवा शक्ति जागरुक हुनुपर्नेमा जोड दिए । सो अवसरमा प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले विकास निर्माणमा युवाले अहं भूमिका खेल्नुपर्ने बताए।

Logo