काठमाडौं। नेकपा (माअोवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको खुलेको छ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले दुई दिनअघि बसेको पदाधिकारी बैठकमा आफूलाई कार्यवाहक अध्यक्ष दिन भनेको उपमहासचिव हरिबोल गजुरेलले खुलासा गरेका हुन् । जेन–जी विद्रोहको परिस्थितिको विश्लेषण गर्दै श्रेष्ठले बैठकमा त्यस्तो प्रस्ताव गरे पनि अध्यक्ष प्रचण्डले पार्टी विशेष महाधिवेशनमा गइसकेको बताएका थिए।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते बस्दैछ। अध्यक्ष प्रचण्डले केन्द्रीय समिति भंग गर्दै मंसिरमा महाधिवेशन गर्नेगरी आयोजक समिति बनाउने प्रस्ताव गरेका छन्।































प्रतिक्रिया