तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादी केन्द्रको माग

तोकिएकै मितिमा निर्वाचन गराउन सरकारसँग माओवादी केन्द्रको माग

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ ।
आज बसेको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको सापकोटाले बताए ।उनले भने, ‘बैठकले घोषित मितिमै निर्वाचन गराउन सरकारको पूर्ण ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने छ । जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता सम्वाद गरेर समझदारी कायम गर्ने समेत निर्णय गरको छ ।

समाजवादी मोर्चाका साथै अन्य विचार र राजनीतिक विचार मिल्नेसँग एकताका लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको छ । ’यसैगरी नेकपा माओवादी केन्द्रले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको लागि एजेन्डा तय गरेको छ । विशेषगरि महाधिवेशनमा जाने निर्णय गर्दै एजेन्डा तय गरेको सापकोटाले बताए ।

केन्द्रीय समिति भंग गरेर संयोजक समितिको संयोजक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हुने बताए ।

Logo